नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार आउने क्रमले बुधबार पनि निरन्रता पाएको छ । बुधबार नेप्से परिसूचक ६.५३ अङ्कले बढेर २६५३.३८ को विन्दुमा कायम भएको हो ।
तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख २ हजार सात सय ७१ कित्ता सेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार सात सय ८४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बुधबारको कारोबारमा विकास बैंक २.५३, वित्त ४.७७, जलविद्युत् ०.२६, जीवन बिमा ०.४०, उत्पादन तथा प्रशोधन ०.४० र लघुवित्त उपसमूह १.५९ प्रतिशतले बढेका छन् । अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६, लगानी ०.३८, म्युचुअल फण्ड ०. १०, निर्जीवन बिमा ०.१३, व्यापार १.५६ र अन्य समूह ०.२६ प्रतिशतले घटेका छन् ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बुधबार सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको रु २२ करोड ५३ लाख ४९ हजार पाँच सय ९७ को कारोबार भएको छ ।
प्रतिक्रिया