नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार आउने क्रम रोकिएको छ । नेप्सेमा कारोबार हुने यो साताको अन्तिम दिन बिहीबार नेप्से सूचक दोहोरो अंकले घटेको हो ।
गत साताको अन्तिम देखि निरन्तर बढेको नेप्से परिसुचक बिहीबार घटेको हो । बिहीबार नेप्से सूचक घटेको भएपनि कारोबार रकममा भने सुधार आएको छ । बिहीबार नेप्से १८.१४ अङ्कले घटेर २६३५.०९ को विन्दुमा झरेको छ ।
बिहीबार तीन सय आठ कम्पनीको एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता सेयर ७३ हजार तीन सय नौ पटक खरिदबिक्री हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा कारोबार भएका ५५ कम्पनीको सयर मूल्य बढेको छ भने १८० कम्पनीको सेयर मूल्य घटेको र सात स्थिर रहेको छ ।
बिहीबार नेप्सेमा कारोबार भएको होल समुहको समूहगत परिसूचक भने ६६.२९ अंकले बढेको छ। तर, अन्य सबै समूहगत परिसूचक घटेका छन् । बिहीबार बैंकिङ ६, विकास बैंक ११४.४८, वित्त ९१.६५, जलविद्युत १४.३०, लगानी ०.३८, जीवन बीमा १४६.९८, निर्जीवन जीवन बीमा ४३.०१, उत्पादन मुल ५७.५३, लघुवित्त ६३.१६, सामूहिक लगानी कोष ०.०४, अन्य ८.५१ र व्यापार समुह ३३.३१ अंकले घटेका छन् ।
प्रतिक्रिया