नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन आइतबार २५ अंक भन्दा धेरैले घटेको छ । आइतबार सबै समूहको उपसूचक घटेपछि समग्र बजार सुचक २५ अंक भन्दा धेरैले घटेको हो ।
आइतबारको कारोबार पछि नेप्से परिसूचक २५.४१ अङ्कले घटेर २६०९.६७ बिन्दुमा झरेको छ । नेप्से संगै कारोबार रकममा पनि उल्लेख्य कमी आउको छ । आइतबार नेप्सेमा तीन सय एक कम्पनीको ८० लाख ८१ हजार ६ सय ३१ कित्ता सेयर ४६ हजार ६ सय १४ पटक खरिदबिक्री हुँदा ३ अर्ब ९९ करोड ७९ लाख ९ रुपैयाँ बरारबको सेयर बिनबेच भएको छ । यो कारोबार रकम नेप्सेमा कारोबार भएको गत साताको अन्तिम दिन बिहीबारको तुलनामा थोरै हो । बिहीबार नेप्सेमा ७ अर्ब २३ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको थियो ।
आइतबार सबैभन्दा बढी वित्त समूह ३.६० र विकास बैंक समूह १.६० प्रतिशतले घटेको छ । बैंकिङ ०.८६, होटल तथा पर्यटन ०.७७, जलविद्युत् १.४४, लगानी ०.३९ र जीवन बिमा समूह ०.१२ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन १..३६, लघुवित्त ०.८७, म्युचुअल फण्ड ०.४२, निर्जीवन बिमा ०.७३, व्यापार ०.१० र अन्य समूह ०.६० प्रतिशतले घटेको छ । आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४१ लाख ५३ हजार आठ सय ७२ रुपैयाँको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको छ लाख ३६ हजार आठ सय चार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया