काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको ९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
आ. व. २०८०/०८१ को बार्षिक साधारणले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँको ८.५५ प्रतिशतका दरले हुने ४२ करोड ९८ लाख ८ हजार ५०० रुपैयाँ बराबरका १०० रुपैयाँ दरले ४२ लाख ९८ हजार ८५ थान वोनश शेयर र उक्त वोनश शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूंजीको ०.४५ प्रतिशतका दरले हुने २ कारोड २६ लाख २१ हजार ५०० रुपैयाँ नगद लाभाँस सहित कुल जम्मा ९ नौ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
शिवम् सिमेन्ट्सका संचालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौंमा आयोजना गरेको सभाले कम्पनी संचालक समितिको निर्णयले वार्षिक साधारण सभा समक्ष पारित गर्न प्रस्तावित वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरणहरु पारित गर्ने, आगामी आ. व. २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने समेतका सामान्य प्रस्तावहरु र वोनस शेयर वितरण गरे पश्चात कम्पनीको चुक्ता र जारी पूंजी समेत बृद्धि भई कम्पनीको जारी तथा चुक्ता पूंजी ५ अर्व ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ कायम गर्ने समेतका सबै सामान्य र विशेष प्रस्तावहरु पारीत गरी वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
प्रतिक्रिया