काठमाडौँ । गहुँको न्यूनतम प्रतिक्विन्टल मूल्य बढेको छ । सरकारले चालु आर्थिक वर्ष २०८१\८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपैयाँ ३८ पैसा निर्धारण गरेको छ । जुन गत वर्षको तुलनामा प्रतिक्विन्टल २१७ रुपैयाँ बढी हो ।
गत आव २०८०\८१ मा प्रतिक्विन्टल तीन हजार ६५० र आव २०७९\८० मा प्रतिक्विन्टल तीन हजार ३५१ रुपैयाँ मूल्य निर्धारण भएको थियो । प्रत्येक वर्ष गहुँको समर्थन मूल्य बढ्दै गएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७९\८० मा छ लाख ९७ हजार ७६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४६२ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यस्तै आव २०७८\७९ मा सात लाख १६ हजार ९७८ हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
प्रतिक्रिया