नेप्से परिसूचक ७ अङ्कले बढ्यो, कारोबार रकम साढे ६ अर्बभन्दा बढी


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६.७८ अङ्कले बढेर २६०७.९९ को विन्दुमा कायम भएको हो ।

सोमबार तीन सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार नौ सय ८३ कित्ता सेयर ७४ हजार चार सय तीन पटक खरिदबिक्री हुँदा ६ अर्ब ५७ करोड चार लाख ७७ हजार आठ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको कारोबारमा बैंकिङ समूह ०.२०, विकास बैंक ०.६०, वित्त ०.५३, जलविद्युत् ०.०२ र लघुवित्त समूह ०.०४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन ०.१२, लगानी ०.६०, जीवन बीमा ०.०४, उत्पादन तथा प्रशोधन १.६८, म्युचुअल फन्ड ०.०९, निर्जीवन बीमा ०.२३, व्यापार १.०६ र अन्य समूह २.१३ प्रतिशतले बढेको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै ९.०५ प्रतिशतको वृद्धि देखिएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको २४ करोड एक लाख ८८ हजार चार सय चार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको तीन लाख ७७ हजार छ सय ४६ कित्ता सेयर कारोबार भएको छ ।

प्रकाशित मिति: ७ माघ २०८१, सोमबार  १६ : ५४ बजे