नेप्से परिसूचकसंगै कारोबार रकम पनि घट्यो


नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से सूचक संगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार नेप्से सुचक दोहोरो अंकले घट्दा कारोबार रकम ८ अर्ब ९२ करोड रुपैयाँमा सिमति भएको हो ।

नेप्से परिसूचक १०.६१ अङ्कले घटेर २६३३.३२ को बिन्दुमा कायम भएको छ । सोमबार विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार पाँच सय ७६ कित्ता सेयर ८७ हजार पाँच सय ६४ पटक खरिदबिक्री हुँदा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार आठ सय ८८ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो । आइतबार नेप्सेमा ९ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

कारोबारमा बैंकिङ समूह ०.५५, होटल तथा पर्यटन ०.५१, लगानी ०.७७, जीवन बीमा १.१०, म्युचुअल फन्ड ०.६४, निर्जीवन बीमा ०.६७, व्यापार १.८३ र अन्य समूह १.६६ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक समूह ०.७२, वित्त ३.४६, जलविद्युत् ०.३५, उत्पादन तथा प्रशोधन ०.६७ र लघुवित्त ०.०४ प्रतिशतले बढेको छ । न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सप्तकोशी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ८.४६ प्रतिशतले घटेको छ ।
कारोबार रमकका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंक लिमिटेडको २९ करोड ८३ लाख ७९ हजार आठ सय १३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने एनएमबी–५० को सबैभन्दा धेरै छ लाख ७५ हजार एक सय ५९ कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: १४ माघ २०८१, सोमबार  १६ : १६ बजे