नेपाली बजारमा भित्रियो मोटोरोला स्मार्टफोन, कुन फोनलाई कति पर्ने ?


काठमाडौं । चर्चित मोबाइल ब्रान्ड मोटोरोला नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ । बिहीबार काठमाडौंको भिभान्ता होटलमा आयोजित विशेष कार्यक्रममार्फत चौधरी ग्रुप अन्तर्गतको सीजी मोबाइलले यो ब्रान्ड नेपाल भित्रिएको घोषणा गरेको हो ।

सो अवसरमा विभिन्न रेन्ज र बजेट अनुसारका मोटोरोला स्मार्टफोन सार्वजनिक गरिएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र भारत अफलाइन तथा सार्क देशका प्रमुख विपिन रैनाले मोटोरोला ब्रान्डका मुख्य विशेषताहरु प्रस्तुत गरे ।

मोटोरोला स्मार्टफोनहरुमा कुनै ब्लोटवेयर नहुने, छिटो र सहज प्रयोग गर्न सकिने, शुद्ध एन्ड्रोइडको अनुभव पाइने कम्पनीको भनाइ छ ।

कुन फोनलाई कति पर्ने ?

• Moto G45 (8GB RAM, 128GB Storage) – NPR 24,499

• Moto G64 (8GB RAM, 128GB Storage)- NPR 27,499/ (12GB RAM, 256GB Storage) – NPR 30,999

• Moto G85 (8GB RAM, 128GB Storage) – NPR 34,499/ (12GB RAM, 256GB Storage) – NPR 37,499

• Moto Edge 50 Fusion (12GB RAM, 256GB Storage)- NPR 46,499

• Moto G05, Moto G35, Moto Edge 50, and Moto Razr 50 -मूल्य र उपलब्धता छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार  १० : ०५ बजे