नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिलदेव सुवेदी


काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिलदेव सुवेदी नियुक्त भएका छन् । राजुरमण पौडेलको पदाअवधि सकिएको लामो समयपछि प्राधिकरणले कार्यकारी निर्देशक पाएको छ ।

सुवेदीले ७७.१९४ अंक पाएर कार्यकारी निर्देशक बन्न सफल भएकोे प्राधिकरणले जनाएको छ । कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर प्राप्त गर्दै सुवेदीले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी हात पारेका हुन् । कार्यकारी निर्देशक बन्न सुवेदीसहित कमल रेग्मी र पुजन ढुङ्गेल पनि प्रतिस्पर्धामा थिए ।

 

प्रकाशित मिति: २४ माघ २०८१, बिहीबार  ०९ : ३७ बजे