भ्यालेन्टाईन दिवसको अवसरमा बुद्ध एयरको माउण्टेन फ्लाईटमा उपहारै उपहार


काठमाडौँ ।  १४ फेब्रअरीका दिन मनाईने प्रणय दिवसलाई थप स्मरणीय मनाउन बुद्ध एयरले भ्यालेण्टाईन अफर ल्याएको छ । एकाबिहानै हुने पर्वतीय उडानमा एक टिकटमा अर्को पूरै छुट दिएको छ । यस अफरमा एकजना यात्रुलाई झ्याल र सँगैको सिट दिनेछ ।

पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । उडानमा जोडी यात्रुलाई चकलेट, गुलाफ फुल तथा चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउण्ट भाउचर दिईनेछ ।

यसैगरि गोलाप्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई–ला–बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरुका लागि डिस्काउण्ट भाउचर प्रदान गर्ने बुद्ध एयरले जनाएको छ । ५ जना जोडी यात्रुलाई चन्द्रागिरि केवलकारको आउजाउ टिकट उपलब्ध गराईनेछ । यस अफरको टिकट बुद्ध एयरको काउण्टरबाट लिन सकिन्छ ।

प्रकाशित मिति: २७ माघ २०८१, आइतबार  १३ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।