विशाल बजार कम्पनीले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

विशाल बजार कम्पनीले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौँ । विशाल बजार कम्पनी लिमिटेडले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले अर्थ मन्त्रालयको सहमति अनुसार शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

 

प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार ११ : ३३ बजे