काठमाडौँ । हाम्रो पात्रो एपबाट सिधै टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ । यो डिजिटल युगमा प्रयोगकर्ताहरूलाई थप सजिलो बनाउन, हाम्रो पात्रोले आफ्ना प्रयोगकर्ताहरूका लागि डिजिटल टिकट खरिदको विकल्प ल्याएको हो ।
प्रयोगकर्ताहरूले अब विभिन्न भुक्तानी माध्यम प्रयोग गरी टिकट खरिद गर्न सक्नेछन् । हाम्रो पे का साथै मोबाइल बैंकिङ र कनेक्ट आईपीएको प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिन्छ । यो सुविधाले प्रयोगकर्ताहरूलाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको छ ।
‘हाम्रो पे’का सीईओ शिशिर पोखरेल भन्छन्,“अब हाम्रो पात्रो प्लाटफर्ममार्फत विभिन्न कार्यक्रमहरूका टिकट सजिलै खरिद गर्न सकिनेछ, जसले कार्यक्रम आयोजक र दर्शकबिचको दूरी घटाउने छ । हाम्रो पे का साथै मोबाइल बैंकिङ र कनेक्ट आईपीएबाट टिकट खरिद सेवा दिन पाउँदा हामी निक्कै उत्साहित छौँ ।”
हाल हाम्रो पात्रोमा पाँचथर, फिदिममा फेब्रुअरी २४ मा आयोजना हुन लागेको “जोन एण्ड द लोकल्स–लाइभ कन्सर्ट” को टिकट उपलब्ध छ । फिदिम मावि को खेलमैदानमा हुन लागेको यस कन्सर्टमा, देश तथा विदेशमा आफ्नो प्रस्तुतीले चर्चा कमाएको जोन एण्ड द लोकल्स ब्याण्डको सांगीतिक प्रस्तुती हेर्न पाइनेछ ।
टिकट दर चार सयदेखि पाँच हजारसम्म निर्धारण गरिएको छ । हाम्रो पे मार्फत टिकट खरिद गर्दा प्रयोगकर्ताहरूले ५५ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरूले https://tickets.hamropatro.com/events बाट पनि टिकट खरिद गर्न सक्नेछन् ।आयोजकहरूले आफ्ना कार्यक्रमहरूका टिकट बिक्रीका लागि हाम्रो पात्रोसँग साझेदारी गरी लाखौँ प्रयोगकर्तामा कार्यक्रम पुर्याउन सक्नेछन् । थप जानकारीका लागि इच्छुक आयोजकहरूले support@hamropatro.com र मा इमेल गर्न सक्नेछन् ।
प्रतिक्रिया