सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा


काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ९५ हजार ९२८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिइएको छ । संस्थापक सेयरधनीहरुले आजको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाण्डौमा आवेदन दिन सक्ने छन् ।

३५ दिनभित्र सेयर बिक्री नभएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १३ फागुन २०८१, मंगलबार  १३ : ११ बजे