काठमाडौँ । नेप्से परिसूचक बुधबार पनि घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक २५।१६ अंक घटेर २८२१.१३ विन्दुमा झरेको छ। आज १ लाख १ हजार ६०३ पटकको कारोबारमा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँबराबरको २ करोड ३३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बुधबार ६२ कम्पनीको मूल्य बढ्दा १७४ को घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । आज व्यापार ०.४३ प्रतिशत बढेको छ भने बैंकिङ १.०४, विकास बैंक १.३१, फाइनान्स १.५५, होटल तथा पर्यटन १.०५, हाइड्रोपावर ०.३७, लगानी १.२४, जीवन बीमा १.४५, उत्पादन ०.९४, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा १.५१ तथा अन्य समूह ०.७६ प्रतिशत घटेका छन् ।
आज यस दिन सेन्सेटिभ इण्डेक्स ५.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स १।९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८४ अंक घटेको छ। मंगलबार २ करोड ६३ लाख ८९ हजार नौ सय १० कित्ता सेयर एक लाख २२ हजार ३ सय ३६ पटक खरिदबिक्री हुँदा र १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार नौ सय ३९ बराबरको कारोबार भएको थियो ।
आज दुई स्टकको सेयर १० प्रतिशतले वृद्धि भएको छ । आज समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यता, कारोबारमा आएको ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.८४ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। हिमालयन रि इन्स्योरेन्सको ९६ करोड ७० लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया