सुनको मूल्यमा सामान्य वृद्धि


काठमाडौँ । बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला सुनको भाउ ९०० रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९ सय १७.६८ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३२.६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २२ फागुन २०८१, बिहीबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।