डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र्निविरोध निर्वाचित भएका छन् । यससँगै एशोसिएसनको अध्यक्षका रुपमा उनी दोस्रो पटक चयन भएका हुन् ।
बिहीबार आयोजना गरिएको एशोसियसनको १९ औं वार्षिक साधारण सभाले अक्ष्यक्ष पदमा सुयोग श्रेष्ठ, उपाध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, सचिव पदमा गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधब प्रसाद उपाध्याय र कोषाध्यक्ष पदमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्य पदमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, महालक्ष्मी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल, ग्रिन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल चयन भएका छन् ।
एशोसियसनको १९ औं वार्षिक साधारण सभाले आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०८१/८२ को अनुमानित आय व्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
पुनः निर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफुलाई अध्यक्ष पदमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबै सदस्य बैंकहरुको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्ने प्रतिबद्धता जनाए । साथै एसोसिएसनलाई वर्तमान अवस्थामा पुर्याउने सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुले पुर्याएको भूमिकालाई सम्मान व्यक्त गर्दै उनले भोलिका दिनमा पनि नीतिगत कार्य एवं सल्लाह सुझाव दिनको लागि आग्रह गरे ।
प्रतिक्रिया