काठमाडौँ । नेपाल ल्यूब आयल लिमिटेडले साधारण सभा आह्वान गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।
कम्पनीले चैत २९ गते, शुक्रबार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष, सिंहदरबार, काठमाडौँमा दिउँसो १ बजे ४३ औँ वार्षिक साधारण सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ । यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ को दफा २१ बमोजिम स्वीकृत गर्ने, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने शेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि तोक्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
प्रतिक्रिया