पोखरा महानगरका अधिकृत घुससहित पक्राउ


पोखरा । पोखरा महानगरपालिकाका प्रशासकिय अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित महानगरका प्रशासकिय अधिकृत कपिल गिरीलाई पक्राउ गरेको हो ।

उनलाई २५ हजार रुपैयाँ घुस रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार पोखराका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

अख्तियारमा तपाईंविरुद्ध उजुरी परेको छ म मिलाइदिन्छु भनेर उनले रकम लिँदै गर्दा पक्राउ परेका हुन् । ‘अख्तियारमा उजुरी परी पत्र आएको छ उक्त उजुरीसँग सम्बन्धित केस मिलाई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज कपिल गिरीलाई प्रकाउ गरेको हो’ आयोगद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति: ८ चैत २०८१, शुक्रबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।