हिंसात्मक घटनाप्रति महासंघको ध्यानाकर्षण, क्षतिपूर्तिको माग


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार भएको आन्दोलन र हिंसात्मक घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै श्‌ुक्रबार काठमाडौंमा भएको आन्दोलन/प्रर्दशनका क्रममा मानवीय क्षतिसंगै धनजनमा भएको आक्रमण निक्कै दुखद भएको जनाएको हो ।

‘आन्दोलन/प्रर्दशनका क्रममा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहीत परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गर्दछौं,’ महासंघले भनेको छ ।

साथै, सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंसक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भत्र्सना गर्दै क्षतिपुर्ति हुनुपर्ने महासंघले बताएको छ ।

प्रकाशित मिति: १६ चैत २०८१, शनिबार  ११ : २३ बजे