दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ घोषणा, ७५० रुपैयाँसम्मको छुट पाइने


काठमाडौँ । दराज नेपालले आफ्नो बहुप्रतिक्षित ४.४ नव वर्ष उत्सव घोषणा गरेको छ । ४.४ सेल अप्रिल ४ (चैत २२, २०८१) बाट सुरु भई अप्रिल १३ (चैत ३१, २०८१) सम्म सञ्चालन हुने कम्पनीले बताएको छ । सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीले विश्वास राखेको बताएको छ ।

ग्राहकहरूले हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी लगायत साझेदार ब्रान्डहरू मार्फत ७० प्रतिशत सम्मको छुटमा सामानहरु किन्न पाउने जनाएको छ । उक्त सेल अवधि भर डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताहरुका लागि ७५० रुपैयाँसम्मको छुट सुविधा उपलब्ध गराउने भएको छ ।

यसका लागि कम्पनीले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंकहरूसँग सहकार्य गरेको छ । बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५% छुटपनि प्राप्त गर्न सक्ने र डेबिट कार्ड प्रयोग गर्नुहुने ग्राहकहरूले १०% छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

ग्राहकहरूका लागि ४४ रुपैयाँ, ४ सय ४४ रुपैयाँ र ४ हजार ४ सय ४४ को आकर्षक डिलहरू पनि उपलब्ध हुने कम्पनीले विज्ञप्तिमा जानकारी दिएको छ । त्यस्तै, ९९ रुपैयाँ, ३ सय ९९ रुपैयाँ, ९ सय ९९ रुपैयाँ र एक हजार ९ सय ९९ रुपैयाँको छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न पाउने जनाएको छ । उत्सवको अवधि भर, कम्तीमा ५ हजार बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले २९ हजार ९ सय ९९ रुपैयाँ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउने छ ।

त्यस्तै चारजना भाग्यशाली ग्राहकहरूले १० हजार ३०० रुपैयाँ बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
उत्सवका अवसरमा ‘एड टु कार्ट एण्ड विन’ योजनाअन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका ५ हजार रुपैयाँ बराबरका गिफ्ट ह्याम्परहरू तीनजना भाग्यशाली ग्राहकहरूले प्राप्त गर्नेछन् । एकजना ग्राहकले १२ हजार रुपैयाँ बराबरको ग्लेन एयर फ्रायर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । कम्पनीले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । ५० करोड भन्दा बढी मानिसको बजार लक्षित गर्दै, कम्पनीले अत्याधुनिक मार्केटप्लेस प्रविधि प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १७ चैत २०८१, आइतबार  १२ : ३५ बजे