काठमाडौं । लगातार ३ दिनदेखि नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज मंगलबार १ हजार ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी सोमबार एक हजार एक सय रुपैयाँले बढेर एक लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार एक तोला चाँदी २ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी सोही मूल्यमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आज अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार १ सय ४४.५७ अमेरिकी डलर र चाँदी ३४.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया