काठमाडौँ । भिजन सेक्यूरिटिज् प्रा.लि.ले कर्मचारी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । कम्पनीले उपत्यका बाहिर रहेका ९ वटा र उपत्यकाका ३ वटा शाखा गरि जम्मा १२ वटा शाखाका कर्मचारीहरुलाई तालिम दिएको हो ।
कम्पनीले चैत्र २२–२४ गते सम्म द कल्चर सिरोर्ट लेकसाईड, पोखरा, कास्कीमा तालिमको आयोजना गरेको थियो । सम्पत्ती शुद्धिकरण निवारण ऐनसंग सम्वन्धीत नीतिहरुका विषयवस्तु तथा साईवर सेक्युरिटिज् विषयमा तालिम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका आईटी अधिकृत आकाश कुमार साहले साइबर सेकुरेटी सम्वन्धी जानकारी गराएका थिए ।
त्यसैगरी प्रमुख सञ्चालन अधिकृत प्रकाश अधिकारीले कार्य विवरण, कर्मचारी एवं ग्राहकहरु संगको समन्वय र सम्पत्ति शुद्धिकरण निवारणको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कम्पनीले सम्पुर्ण शाखाका कर्मचारीहरुलाई समेटिने गरि प्रत्येक वर्ष कर्मचारी अभिमुखिकरण तालिम दिँदै आएको छ । तालिम प्राप्त कर्मचारीहरुवाट ग्राहक महानुभावहरुलाई गुणस्तरीय सेवा प्रवाहमा थप सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।
प्रतिक्रिया