काठमाडौँ । क्यापिटल मर्चेण्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले १३ वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले अध्यक्ष तिलक बहादुर रानाभाटको अध्यक्षतामा आर्थिक वर्ष २०६७/०६८ देखि ७९/०८० सम्मको वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
नेपाल राष्ट्र बैंकले २०६९ सालमा समस्याग्रस्त संस्था घोषणा गरी सामान्य बैकिङ कारोवारमा रोक लगाएको थियो । वित्तीय अवस्थामा सुधार ल्याई बाँकी रहेका लेखा परीक्षण कार्य सम्पन्न गरी राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीले १३ आर्थिक बर्षको साधारण सभा सम्पन्न गरेको हो ।
सभाले १३ वटा आर्थिक बर्षको वित्तीय विवरण पारित, लेखा परीक्षक नियुक्तिको अनुमोदन, संचालक समितिमा भएको परिवर्तन र कामकारवाहीको अनुमोदन, ऋण असुलीका कार्यहरूको अनुमोदन, संस्थाको नाम परिवर्तन गर्ने र गाभिने वा प्राप्ति विषयहरूलाई सर्वसम्मत रूपमा पारित गरेको छ ।
सभामा हालसम्म भएका कामकारवाही र वित्तीय अवस्थाको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत प्रदीप भट्टराईले विस्तृत रुपमा बताएका थिए । उनले वित्तीय अवस्थामा थप सुधार गरी संस्थालाई अघि बढाउन संस्थागत सुशासन, जोखिम व्यवस्थापन लगायतका कार्ययोजना सहित नेपाल राष्ट्र बैंकमा समस्याग्रस्त संस्थाबाट फुकुवाका लागि पेश गर्ने र संस्थालाई सामान्य बैकिङ कारोवार गर्दै अघि बढाउने लक्ष्यका साथ क्रियाशील रहेको जानकारी गराए ।
प्रतिक्रिया