पञ्चकन्या समूहले गर्यो निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना


काठमाडौँ । पञ्चकन्या समूहले निशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरेको छ । समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवाको औद्योगिक परिसरमा शिविर आयोजना गरेको छ ।

शिविरले स्थानीय बासिन्दा, कम्पनीका कर्मचारी र समुदायको स्वास्थ्य र कल्याणलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका डा. उज्वल चालिसेको नेतृत्वमा, सिद्धार्थनगर सिटी अस्पतालको टोलीसँगै, शिविरमा स्तन क्यान्सर जाँच र सामान्य स्वास्थ्य परिक्षण सहित आवश्यक स्क्रिनिङहरू प्रदान गरिएको थियो । शिविरले क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानको बारेमा जागरूकता बढाउने अपेक्षा कम्पनीले गरेको छ ।

५ देखि ९० वर्ष उमेरका ४३३ महिला र ४४ पुरुषले शिविरबाट लाभ प्राप्त गरेका छन् । जसमा २०३ जना स्तन स्क्रिनिङ र ७१ जना सामान्य स्वास्थ्य जाँचमा समावेश भएका थिए । शिविरबाट लगभग ९५% सहभागीहरूले निःशुल्क औषधि प्राप्त गरेको तथ्यांक कम्पनीले सार्वजनिक गरेको छ ।

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य पहलहरू प्रतिको समर्पणलाई शिविरले पुनः पुष्टि गरेको बताएका छन । त्यस्तै तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खान र श्रम कार्यालयका कार्यवाहक प्रमुख ऋषि राम पन्थी लगायत स्थानीय समाजसेवीहरुले कम्पनीले गरेको कार्यक्रमप्रति प्रशंसा गरेका थिए ।

 

प्रकाशित मिति: २९ चैत २०८१, शुक्रबार  ११ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।