काठमाडौँ । ‘माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपाल २०२५’ मा ७०० जना भन्दा बढी सहभागी भएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्र (आइसिटी ल्याब पोखरा) सँग सहकार्य गरी अप्रिल ८ का दिन आयोजित फेस्टिभलमा पोखरा र काठमाडौँमा गरी ५०० भन्दा बढी र दाङमा २०० भन्दा बढी सहभागी भएको केन्द्रका कार्यक्रम अधिकृत इन्द्र ओलीले जानकारी दिए ।
कार्यक्रम आयोजना गरेर माइक्रोसफ्टले २४ घण्टाभित्र सबैभन्दा धेरै प्रयोगकर्ताले एआईसम्बन्धी ज्ञान लिने गिनिज वल्र्ड रेकड्र्सको उपाधि हासिल गराउने लक्ष्य राखेको छ ।
यो कार्यक्रम ५० दिने एआई तालिम आगामी मे २८ सम्म जारी रहनेछ । उक्त तालिममा विद्यार्थी, शिक्षक, व्यवसायी, टेक पेशेवर लगायत एआईबारे जानकारी लिन चाहने सबैले तालिम लिन पाउनेछन् ।
सिकाइ यात्रामा ह्याकाथन, प्रत्यक्ष तथा भर्चुअल तालिम, आफ्नो उपयुक्त समयमा अध्ययन गर्न सकिने सामग्री, मागअनुसार तालिम, सामुदायिक कार्यक्रम र माइक्रोसफ्ट लर्न च्यालेन्जेज जस्ता गतिविधि हुने माइक्रोसफ्ट युकेका प्रिन्सिपल इन्जिनियर तथा राष्ट्रिय आविष्कार केन्द्र नेपालका सल्लाहकार हरिकृष्ण न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया