लुम्बिनी विकास बैंकले दियो किर्तिमानी पर्वतारोहीलाई बैंकको लोगो अंकित ब्यानर


काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेपालाई बैंकको लोगो अंकित ब्यानर दिएको छ ।

बैंकले शेर्पा ३१ औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेकोमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

शेर्पाले बैंकको लोगो अंकित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथामा पुर्याई सकेका छन् । कार्यक्रममा पुनः तेश्रो पटक बैंकको लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुरर्याउनको लागी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले किर्तिमानी पर्वतारोही शेपालाई हस्तान्तरण गरेका हुन् ।

किर्तिमानी पर्वतारोही शेर्पा दुई दशक देखि लुम्बिनी विकास बैंकमा निरन्तर सहयात्री बनी आबद्घ रहेका छन् । उनले किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर परिवार, शेर्पा समाज तथा नेपालको लागि आफूले ३१ औं आरोहण गर्न लागेको जानकारी दिए ।

प्रकाशित मिति: २ वैशाख २०८२, मंगलबार  १६ : १९ बजे