रामबहादुर बम्जनले पाए सफाइ


काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनलाई सफाइ दिएको छ।

न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै बम्जनलाई सफाइ दिने फैसला गरेको हो ।

न्यायाधीशद्वय भट्ट र भण्डारीको इजलासले गत चैत ६ गते नै रामबहादुरसँगै ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई सफाइ दिएको हो।
उक्त फैसलाको पूर्णपाठसमेत सार्वजनिक भइसकेको छ ।

अदालतले सफाइ दिएसँगै उनी सिन्धुपाल्चोक कारागारबाट छुटिसकेका छन्।

प्रकाशित मिति: ४ वैशाख २०८२, बिहीबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।