विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, कतिले पाए ?


काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । वैशाख ७ गते आइतबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओ ५ हजार १२९ जनाले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी रहेको १.०५ कित्ता शेयर ३ जनालाई थप वितरण गरिएको छ । जसमध्ये २ जनालाई १–१ कित्ता र १ जनालाई थप ०.५० कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीको एफपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदकबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । जसमध्ये २ करोड २१ लाख ४३ हजार ४८० कित्ता शेयर खरिदका लागि परेको १९ लाख २० हजार ९३९ जनाको आवेदन स्वीकृत भएको छ । स्वीकृत भएका आवेदकहरुलाई ५१ हजार २९५.२५ कित्ता शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले गत चैत २१ गतेदेखि २६ गतेसम्म ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो ।

प्रकाशित मिति: ७ वैशाख २०८२, आइतबार  ०९ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।