काठमाडौँ । शुभयात्रा कलेक्सन प्रालिले नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरु गरेको छ ।
उच्च शिक्षाका लागि अन्तर्राष्ट्रिय मुलुक जाने विद्यार्थीहरूलाई लक्षित गर्दै एकै छानामुनि विदेश लैजान आवश्यक सबै सामान उपलब्ध गराउँदै आएको यस कम्पनीले आफ्नो शाखा बानेश्वरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अध्यक्ष दर्शन खनालका अनुसार नयाँ आउटलेटमा लत्ताकपडा, युटेन्सिल्स, इलेक्टोनिक्स सामान, जुत्ता, ब्यागेज, स्टेसनरीलगायत विभिन्न सामानहरू उपलब्ध छन् ।
विदेशमा उच्च शिक्षाका लागि जान लागेका विद्यार्थीहरूको सामान पनि उपलब्ध गराइएको कम्पनीको भनाइ छ । कम्पनीले सफारी, गोल्डस्टार जुत्ता तथा ३६५, एलभिडीलगायत अन्य सामानसमेत आउटलेटमा राखेको छ ।
साथै नयाँ आउटलेट सुरु गरिएको अवसरमा कम्पनीले स्पिनिङ ह्विलमा ७५ प्रतिशतसम्म छुटको समेत व्यवस्था गरेको अध्यक्ष खनालले जानकारी दिए । उनका अनुसार यो अफर १ साताका लागि मात्र मान्य हुनेछ ।
करिब साढे २ वर्षदेखि काठमाडौँको पुतलीसडकमा सञ्चालन हुँदै आएको शुभयात्रा कलेक्सनको यो दोस्रो शाखा हो । विद्यार्थीहरूको मागलाई लक्षित गर्दै कम्पनीले अन्य स्थानमा पनि शाखा सञ्चालन गर्ने योजना रहेको खनालले जानकारी दिए ।
प्रतिक्रिया