नागरिक लगानी कोषबाट सहभागीलाई साढे एक अर्ब थप प्रतिफल प्रदान


काठमाडौं । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुको खातामा एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको जनाएको छ ।

कोषले सहभागीहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले रकम जम्मा गरीदिने भएको हो । कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोषमा मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो ।

बचत वृद्धि अवकाश कोषका सहभागीहरूको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको जानकारी दिएको छ । यसअघि पनि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको थियोे।

प्रकाशित मिति: ९ वैशाख २०८२, मंगलबार  ०९ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।