महिला उद्यम समिति, मोरङको महिला स्वास्थ जनचेतना कार्यक्रम सम्पन्न


काठमाडौं । महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजना तथा म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालको सह–आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्य विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ ।

यहि बैशाख ९ गते, मंगलबारमहिला उद्यम समितिकी संयोजक  श्रुति शर्माको संयोजकत्व तथा मोरङ उद्योग व्यापार संघका वाणिज्य उपाध्यक्ष अनिल सारडाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमलाई समितिकी सचिव  जिना श्रेष्ठले संचालन गरुेको कार्यक्रममा म्यारी स्टोप्स् इन्टरनेश्लन, काठमाडौँकी मार्केटिङ एण्ड कम्युनिकेशन मेनेजर  हिमा मिश्रले महिलाहरुमा देखिने प्रजनन् स्वास्थ्यका विषयमा प्रस्तुति दिएकि थिइन।

कार्यक्रममा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति सदस्यहरु, म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालका प्रतिनिधिहरु सहित नेपाल उद्योग वाणिज्य महासंघ – कोशी, नेपाल उद्योग परिसंघ – कोशी, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, उमिन आन्टरप्रिनियर्स एशोसिएशन नेपाल लगायत विभिन्न संघ–संस्थाका महिला उद्यमी तथा प्रतिनिधि र, विभिन्न विद्यालयका छात्राहरु र महिलाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १० वैशाख २०८२, बुधबार  १३ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।