अमेरिकाको एसीएफ ओस्लर कप पुरस्कार जित्ने नेपाली चिकित्सक


काठमाडौँ । अमेरिकाको एसीएफ ओस्लर प्रतियोगिता अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. रिया बोहराले जितेकी छन् । डा. बोहरा सन् २०२५ को अमेरिकन कलेज अफ फिजिसियन (एसीएफ) का डाक्टरको डिलेमा प्रतियोगितामा विजेता भएको ३ सदस्यीय टोलीमा महत्वपूर्ण भूमिका निभाउँदै ओस्लर कप अवार्ड २०२५ जित्ने पहिलो नेपाली बनेकी हुन् ।

डा. बोहराले अमेरिकन कलेज अफ म्यासाचुसेट्स अध्याय र सेन्ट भिन्सेन्ट हस्पिटल प्रतिनिधित्व गरेकी थिइन् । उनी सहभागी टोलीको उत्कृष्ट प्रदर्शनले संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाएको छ ।

न्यू अर्लेन्स, लुइजियानामा आयोजितउक्त प्रतियोगितामा भारत,जापान, क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकालगायत देशहरुबाट आएका ६० उत्कृष्ट आन्तरिक चिकित्सा रेसिडेन्ट टोलीहरुले भाग लिएका थिए । ३ दिनसम्म चलेको कार्यक्रममा प्रतिस्पर्धीहरुले उच्चस्तरीय क्लिनिकल निर्णय क्षमता र चिकित्सकीय ज्ञानमा आधारित चुनौतीहरुमा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: १० वैशाख २०८२, बुधबार  १७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।