काठमाडौँ । पियोर इनर्जीको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बिहीबार बिहान बाँडफाँड भएको हो। कम्पनीको आइपीओ गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले हात पारेका छन् । भने अन्यको हात खाली भएको छ ।
सो शेयरमा कुल १८ लाख ५४ हजार ४९७ जनाले २ करोड १० लाख ५३ हजार ४६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमधये १८ लाख ४६ हजार ६६४ आवेदन स्वीकृत भएको छन् भने ६ हजार ४२६ आवेदन रद्द भएका छन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर गत चैत २८ गतेदेखि बैशाख २ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
प्रतिक्रिया