काठमाडौं । लगातार ४ दिन घटेको सेयर बजार परिसुचक नेप्सेमा साताको अन्तिम दिन बिहिबार सामान्य सुधार देखिएको छ ।
बिहीबार बजार खुलेपछि घट्ने र बढ्ने क्रमका बीच अन्तिम समयमा बजार सामान्य सुधार सहित बढेको हो । बजार परिसुचक नेप्से २.०८ अंकले बढेर २६५८.०२ बिन्दुमा पुगेको हो ।
बिहिबार लगानी समुहमा सबैभन्दा बढि २.८१ अंक अर्थात २.४९ प्रतिशतको सुधार आएको छ । त्यसैगरी व्यापार समुह १७.७२ अंक अर्थात ०.३९ प्रतिशत, म्युचुअल फन्ड ०.०५ अंक अर्थात ०.२५ प्रतिशतले बढेको बजारमा जलविद्युत समुहमा ७.७३ अंक अर्थात ०.२२ प्रतिशतको सुधार आएको छ । बजारको सबैभन्दा ठूलो हिस्सा ओगटेको बैंकिङ समुह ०.४६ अंक अर्थात ०.०३ प्रतिशतले बढेको छ । बाँकी सबै समुहमा गिरावट आएको छ ।
बिहीबार कुल ३०८ कम्पनीका १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर ७० हजार ७०३ पटक किनबेच हुँदा ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ रुपैयाको कारोबार भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा ङादी ग्रुप पावरको सेयर मूल्य ७.५६ प्रतिशत, विन नेपाल लघुवित्तको सेयर मूल्य ७.२९ प्रतिशत र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ७.२० प्रतिशतले बढेको छ ।
यस्तै नेपाल हाईड्रो डेभलपर्सको सेयर मूल्य सबैभन्दा बढि अर्थात ७.१२ प्रतिशतले घटेको बजारमा ग्रीन डेभलपमेन्टको ४.८५ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.२० प्रतिशत, सिन्धु विकास बैकको ४.१९ प्रतिशत र कुथेलि बुखरी साना हाईड्रोपावरको सेयर मूल्य ३.६६ प्रतिशतले घटेको छ ।
ङादी ग्रुप पावरको सबैभन्दा धेरै रकमको सेयर किनबेच भएको बजारमा कारोबार भएको सेयर संख्याको आधारमा पनि ङादी ग्रुप पावरको धेरै सेयर किनबेच भएको छ भने धेरै पटक कारोबार हुनेमा पनि ङादी ग्रुप पावर नै रहेको छ ।
बजारमा देखिएको सामान्य सुधारसँगै समग्र बजार पुँजीकरण ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया