वाइ वाइका थोक विक्रेता रामेश्वर तिवारीले जिते नेटा भी कार


काठमाडौँ । वाइ वाइ चाउचाउले थोक विक्रेताहरुलाई लक्षित गर्दै संचालन गरेको ‘थोक विक्रेता उपहार योजना’ अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका संचालक रामेश्वर तिवारीले नेटा भी कार जितेका छन् । तिवारीलाई वाइ वाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बुधबार ललितपुरमा आयोजित कार्यक्रममा कार हस्तान्तरण गरे ।

काठमाडौँ, भक्तपुर र ललितपुरका थोक विक्रेताहरुलाई लक्षित गर्दै संचालन गरिएको थोक विक्रेता उपहार योजनामा प्रत्येक ५० कार्टुन वाइ वाइ चाउ चाउ खरिद गर्दा थोक विक्रेताहरुलाई पहेँलो कुपन र ५०० कार्टुन खरिद गर्दा हरियो कुपन प्रदान गरिएको थियो ।

जसबाट थोक विक्रेताहरुले लक्की ड्र मा समावेश हुने अवसर प्राप्त गरेका थिए । लक्की ड्र मार्फत भाग्यशाली थोक विक्रेताहरुले नेटा भी गाडी, हिरो एक्सपल्स मोटरसाइकल, एलजी टेलिभिजन, एलजी फ्रिज, शाश्वत धाम घुम्ने प्याकेज, स्मार्ट वाच जस्ता उपहार जित्न सक्ने वाइ वाइले घोषणा गरेको थियो ।

योजनाअन्तर्गत काठमाडौंको केएबि स्टोर, राम एण्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्वल स्टोर र ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन् । त्यस्तै, उपत्यकाका ५ थोक विक्रेताले ५५ इन्चको एलजी टिभी, १० थोक विक्रेताले एलजीको फ्रिज, ५० जनाले साश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन् ।

कार्यक्रममा वाइ वाइका सीईओ पुडासैनीले वाइ वाइको सफलताको श्रेय नेपाली उपभोक्ताको वाइ वाइ प्रतिको माया र वितरण सञ्जालमा संलग्न साझेदारलाई जाने बताए ।

 

प्रकाशित मिति: ११ वैशाख २०८२, बिहीबार  १७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।