काठमाडौँ । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा उच्चकोटीको इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल इभी खरिद गर्ने सोचिरहका ग्राहकका लागि आकर्षक अफरहरुसहितको छुटाउनै नमिल्ने प्रि–बजेट स्किमको घोषणा गरेको छ ।
बजेट आउनुभन्दा पहिला यो सार्वजनिक गरिएको हो । यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरुले भरिएको कम्पनीले दाबी गरेको छ ।
‘अनमिसेबल प्रि–बजेट अफर’ मा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेञ्ज बोनसको व्यवस्था गरिएको छ । साथै, ग्राहकले आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बिमा पनि पाउनेछन् ।
दिपल इभीको खरिद गर्ने सपनालाई सहज बनाउन एमएडब्लु वृद्धिले मात्र २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरको व्यवस्था पनि गरेको छ । साथै, बैशाख १० गतेदेखि ४५ दिनका लागि चल्ने यो अफरमा ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउन सक्नेछन् ।
नेपालमा सार्वजनिक भएको १ वर्षमा ८०० भन्दा बढी बिक्री रेकर्ड राखेर दिपल नेपालको नं. १ लक्जरी इभी ब्रान्डका रुपमा आफूलाई स्थापित गरिसकेको कम्पनीले बताएको छ । हाल नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी ४ प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल छन् ।
प्रतिक्रिया