इनड्राइभद्वारा ‘द बेटर ड्राइभः इनिसिएटिभ–मनी, माइन्ड, म्यानर’ सफलतापूर्वक सम्पन्न


काठमाडौँ । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म, इनड्राइभले चालक साझेदारहरूको सशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मजबुत बनाउन ‘द बेटर ड्राइभ इनिसिएटिभ–मनी, माइन्ड, म्यानर’ शीर्षकमा सत्र आयोजना गरेको छ ।

कार्यक्रममा आर्थिक साक्षरता (मनि), मानसिक स्वास्थ्य र कल्याण (माइन्ड), साथै शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्व (म्यानर) जस्ता महत्वपूर्ण विषयहरु समेटिएका थिए ।
सत्रको मूल उद्देश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माणमा चालक साझेदारहरुलाई आवश्यक ज्ञान सीप र मनोबल प्रदान गर्नु हो ।

कार्यक्रममा सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षा सम्बन्धी सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन र उत्कृष्ट ग्राहक सेवा जस्ता पक्षहरूमा सेशन दिइएको थियो ।
इनड्राइभले केवल रोजगारीका अवसरहरू प्रदान गर्ने मात्र नभई, आफ्‌ना चालक साझेदारहरूको समग्र हित, सशक्तिकरण र दीर्घकालीन पेशागत विकासप्रति प्रतिबद्धता जनाउँदै आएको छ ।

सेसनले विविध विषयमा गहन जानकारी प्रदान गर्यो जहाँ प्रत्येक सेसन प्रतिष्ठित विज्ञ तथा क्षेत्रका विशेषज्ञहरूद्वारा सहजीकरण गरिएको थियो । सहभागी चालक साझेदारहरूको व्यावसायिक, आर्थिक र मानसिक सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले निम्न विषयवस्तुहरू समेटिएका थिए ।

सडक सुरक्षा र ट्राफिक नियमहरू ट्राफिक प्रहरीका प्रतिनिधिहरूद्वारा सञ्चालित यो सेसनले चालकहरूलाई सडकमा सुरक्षित रहनुपर्ने अनिवार्यता र नियमहरूको पालना गर्नुपर्ने महत्वलाई सशक्त रूपमा प्रस्तुत गरिएको थियो ।

वित्तीय साक्षरता – आइएमी पे का चिफ ग्रोथ अफिसर संजीव न्यौपानेको नेतृत्वमा संचालन गरिएको यस सेसनमा चालक साझेदारहरूलाई दिगो आर्थिक व्यवस्थापन, बचत, लगानी तथा डिजिटल वित्तीय उपकरणहरूको उपयोगबारे व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

मानसिक स्वास्थ्य जागरूकता ह्यापी माइन्डकी संस्थापक श्रेया गिरीद्वारा सञ्चालित सेसनमा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन तथा सकारात्मक सोचले व्यक्तिगत र व्यावसायिक जीवनमा पार्ने प्रभावबारे गहन छलफल गरिएको थियो ।

ग्राहक अनुभव वृद्धिका लागि आतिथ्यता सेवा मोटिभेसनल स्पीकर रन्जित आचार्यले सहजीकरण गरेको यस सत्रमा, ग्राहकहरूप्रति सम्मान, आत्मीयता र सहृदय व्यवहारले सेवा अनुभवमा कसरी सकारात्मक प्रभाव पार्छ भन्नेबारे प्रेरणादायी उदाहरणसहित प्रशिक्षण दिए ।
उचित मूल्य निर्धारण र सामुदायिक प्रतिबद्धता अन्तिम सत्रमा, इनड्राइभले आगामी दिनमा लागू गर्न लागेको समुदाय – केन्द्रित पहलहरू, चालकहितमैत्री मूल्य निर्धारण प्रणाली तथा सेवा सुधार योजनाको बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

समग्रमा, कार्यक्रममा समावेश विषयवस्तुले चालक साझेदारहरूको बहुआयामिक विकासमा टेवा पुर्याउने गरी ज्ञान, सीप र मनोबल अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो ।

इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘इनड्राइभमा हामी यो दृढ विश्वास गर्छौ कि हाम्रो चालक साझेदारहरूको सशक्तीकरण केबल प्रविधिको माध्यममा सीमित छैन । यो मानव कल्याण, सुरक्षाको प्रत्याभूति, आर्थिक सुदृढता, मानसिक स्वास्थ्यको संरक्षण र उत्कृष्ट सेवा मापदण्डहरूको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको छ । ‘द बेटर, ड्राइभः इनिसिएटिभ मनि, माइण्ड, म्यानर’ कार्यक्रममार्फत हामी एकजुट, सुरक्षित र समर्पित राइड हेलिङ समुदायको निर्माणमा योगदान पुर्याउन चाहन्छौँ । यस्ता पहलहरूले हामीलाई नेपालमा उत्तरदायी, दिगो र समावेशी मोबिलिटी इकोसिस्टमको आधार निर्माण गर्ने हाम्रो प्रतिवद्धतालाई अझ बलियो बनाउँछ ।’

इनड्राइभले आफ्‌ना चालक साझेदारहरूको अविश्वसनीय समर्पण, कठिन परिश्रम र उल्लेखनीय योगदानको उच्च मूल्यांकन र गहिरो सम्मान व्यक्त गरेको छ ।

यस किसिमका गतिविधिहरू केवल सम्मानको अभिव्यक्ति मात्र होइनन्, यी कार्यक्रमहरू इनड्राइभको व्यापक दृष्टिकोणको प्रतिबिम्ब पनि हुन जहाँ प्रत्येक चालकलाई सशक्त पार्ने, प्रशिक्षण प्रदान गर्ने, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने र उनीहरूलाई सुरक्षित भविष्यतर्फ डोर्याउने रणनीतिक दृष्टिकोणमा आधारित छन् ।

प्रकाशित मिति: १४ वैशाख २०८२, आइतबार  ११ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।