संघमा आयात निर्यात सु–व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौँ । बैशाख १४ गते आइतबार मोरङ उद्योग व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँसँगको सहकार्यमा संघमा आयात निर्यात नीति सुदृढिकरण तथा सु–व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।

संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले सो अन्तरक्रिया कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा संघका अध्यक्ष राठीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँका उप–सचिव अच्यूत ढुंगाना समक्ष उद्योग/व्यवसाय क्षेत्रको आयात निर्यातको विद्यमान अवस्था, समस्याहरु र तीनका उपायहरु बारे अवगत गराउँदै सुझाव पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँका शाखा अधिकृत गणेश पाण्डे, कोशी प्रदेश अधिकृत चन्द्र बहादुर कार्की, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका नि.कार्यालय प्रमुख हितेश बस्नेत, संघका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, युवा र महिला उद्यम समिति संयोजक तथा सदस्यहरु, विभिन्न वस्तुगत संघ÷संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, सदस्य औद्योगिक/व्यवसायिक प्रतिष्ठानका प्रमुख एवं प्रतिनिधिहरु, संचारकर्मीहरु लगायतको वृहत उपस्थिति रही गहन छलफल भएको थियो ।

प्रकाशित मिति: १५ वैशाख २०८२, सोमबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।