काठमाडौँ । कन्स्ट्रक्सन क्षेत्रमा पहिचान बनाउन सफल देव ऊर्जा कन्स्ट्रक्सन लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकलको काम सम्पन्न गरेको छ ।
कन्स्ट्रक्सनले सिभिल र हाइड्रो मेकानिकल कामहरु २०८१ फागुन मसान्तसम्म सम्पन्न गरी इलेक्ट्रोमेकानिकल टोलीलाई हस्तान्तरण गरि सकेको छ । माथिल्लो ठूलो खोला ‘ए’ जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल काम भने हाल भारतको बीएफएल कम्पनीले गरिरहेको छ ।
आयोजना निर्माण गर्ने क्रममा हरेक वर्ष करिब ४ महिनासम्म ‘मालाङ’ मा पहिरो जाँदा काम पूर्ण रूपमा अवरुद्ध हुने अवस्था आउने थियो । देव गु्रप अफ कम्पनी प्रा. लि. का सिईओ नविन सिलवालले भने, ‘आयोजना निर्माण अवधिभर हेडवक्र्स र पावरहाउस क्षेत्रमा पनि विभिन्न समयमा पहिरो जाँदा तथा वर्षात र हिउँका कारण विभिन्न किसिमका अवरोधहरू आउँदापनि कन्स्ट्रक्सनको दृढ विश्वास, मेहनत र निरन्तर प्रयासका कारण तोकिएको समय अगाबै सिभिल र हाइड्रो मेकानिकल काम सम्पन्न गरी इलेक्ट्रोमेकानिकल टोलीलाई हस्तान्तरण गर्न सफल भएका छौँ ।’
आयोजना २०८२ सालको असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिएको भएतापनि पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्न सफल हुने कम्पनीका वित्तीय प्रमुख प्रदिप खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया