यामाहाद्वारा काठमाडौँ उपत्यकाभरी उत्साहजनक एक्सचेन्ज अफरको घोषणा


काठमाडौँ । यामाहा नेपालले काठमाडौँ उपत्यकाका दुई–पांग्रे सवारी साधन पारखीका लागि नयाँ र रोमान्चक एक्सचेन्ज अफर ल्याएको छ । यो अफर बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा लागु हुनेछ । यामाहा ब्लु फेस्टको भव्य सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको हो ।

यो सीमित अवधिको अफरमा ग्राहकहरूले निम्न फाइदाहरू लिन सकिन्छ :

जुनसुकै ब्राण्डको पुरानो सवारी साधनमा न्यूनतम २५ हजार रुपैयाँको भ्यालुएसन (कर चुक्ताको प्रमाणपत्र अनिवार्य)।

एक्सचेन्ज भ्यालु अझ बढाउन थप १० हजार रुपैयाँको अतिरिक्त भ्यालुएसन ।
धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा ।

यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत ब्याजदरमा सस्तो किस्ताबन्दी सुविधा ।

‘थ्रील अफ थ्री’ अफर अन्तर्गत १ लाख रुपैयाँसम्मको स्योर शट छुट ।

उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोट्र्स ब्याग र बाइक कभर जस्ता निःशुल्क एसेसरिजहरू ।

यामाहाका भर्साटायल र डाइनामिक मोडलहरूले हरेक प्रकारका चालकहरूको लागि उपयुक्त रोजाइ सुनिश्चित गर्दछ ।

हाइ–माइलेज र स्मार्ट पर्फर्मेन्सका लागि डिजाइन गरिएको रेजेडआर १२५इफआई आइब्रिड देखि लिएर रेसिङ पारखीहरूबीच लोकप्रिय बनेको स्पोर्टी र आक्रामक आर१५ सम्म, यामाहाको मोडलहरू फरक फरक आवश्यकता अनुसार उपलब्ध छन् ।

बलियो स्ट्रीट फाइटर लुक्स चाहनेहरूका लागि शक्तिशाली एमटी–१५ भि२ उपयुक्त विकल्प हुन सक्छ भने, १५५ सिसी इन्जिन र लिक्विड कुलिङ प्रविधिसहितको एरोक्स १५५ ले बिल्कुलै नयाँ खालको स्पोर्टी स्कूटरको अनुभव दिन्छ ।

अफ–रोड साहसिक यात्राका लागि अत्यन्तै कडा र भरपर्दो बनावटको डब्लू आर १५५आर तयार छ ।

त्यस्तै, दैनिक सवारीका लागि स्टाइल, पर्फर्मेन्स र लक्जरीको उत्कृष्ट संयोजन चाहनेहरूका लागि एफजेड–एस भि३ आदर्श विकल्प हो । जसमा यामाहाको विश्वासिलो ब्लु कोर प्रविधि र मस्कुलर स्ट्रीट डिजाइन समावेश गरिएको छ ।

नेपालमा एमएडब्लु राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा, अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका लागि अत्यन्तै विश्वासिलो ब्रान्ड हो । सधैँ नयाँ प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै नेपालभर उत्कृष्ट सवारी अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको यामाहाले जनाएको छ ।

प्रकाशित मिति: १५ वैशाख २०८२, सोमबार  १४ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।