‘बजाज ग्रान्ड कार्निभल’ आजदेखि सुरु


काठमाडौँ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ ।

कम्पनीले बैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ मार्फत ग्राहकहरुले २० भन्दा बढी भ्यालुयटर्सबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जनाएको छ ।

साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया जस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आयस्रोतको सर्टिफिकेट लगायतका कागजात आवश्यकतालाई योजनाले सरल बनाउनेछ ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत सुविधा पाउन सक्ने जनाइएको छ । साथै, बजाज ग्रान्ड कार्निभल वैशाख १६ गतेदेखि वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ भने ग्राहक हरुको लागि गेम जोन, टेस्ट राईड पनि रहेको कम्पनीले जनाएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ नेपालको बृहत ठुलो मोटरसाइकल एक्सचेन्ज योजना हो । योजनामा ग्राहकहरुले बजाजका मोटरसाइकलहरु ग्राहकहरुलाई पुराना मोटरसाइकलहरूको उच्चतम् मुल्याङ्कन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १६ वैशाख २०८२, मंगलबार  १४ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।