विकास हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला हुँदै, ४४ लाखभन्दा बढी सेयर जारी हुने


काठमाडौं । नेपाल धितोपत्र बोर्डले विकास हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) का लागि अनुमति दिएको छ ।

यससँगै कम्पनीले सर्वसाधारण तथा स्थानीयका लागि ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले जारी पुँजीको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको सार्वजनिक निष्कासन गर्ने भएको छ ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडलाई दिइएको छ ।

आईपीओ निष्कासनको मिति, आवेदन प्रक्रिया र अन्य विवरणहरू चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १६ वैशाख २०८२, मंगलबार  १९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।