नेप्सेको पुनरसंरचना गर्ने सरकारको घोषणा


सरकारले धितोपत्र बजारको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को पुनरसंरचना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो उद्घोष गरेका हुन् ।

शुक्रबार संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले  पुनरसंरचना नेप्सेको पुनरसंरचना गरिने बताएका हुन् । बजार बिस्तारका साथै पारदर्शीताका लागि नेप्सेको पुनरसंरचना जरुरी रहेको उनको भनाई थियो ।

साथै राष्ट्रपति पौडेलले नेपाल धितोपत्र बोर्डको सुदृढीकरण गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटेका छन् ।

प्रकाशित मिति: १९ वैशाख २०८२, शुक्रबार  १६ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।