आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी तालिम सम्पन्न


काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बैशाख १८ गते एएमएल/सीएफटी तालिम सम्पन्न गरेको छ । कम्पनीले यल्लो प्यागोडा, होटल जमल, काठमाडौँमा उच्च व्यवस्थापनको रोहवरमा कम्पनीको विभागीय प्रमुखहरु, बागमती प्रदेश प्रमुख, तथा उपत्यकाका शाखा कार्यालयहरुको कर्मचारी समेतको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनार सम्पन्न गरेको हो ।

उक्त अवसरमा विज्ञ प्रशिक्षक डा. हरि कुमार नेपालले तथा पदम सोडारीले यस क्षेत्रमा भएको हालको अवस्था र अबका दिनमा परिपालन गर्नुपर्ने विषयमा अवगत गराए ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले शाखा, प्रदेश तथा विभागीय प्रमुखले कर्मचारीले दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिएको निर्देशन त्यसै गरी ऐन, नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र तथा निर्देशन समेतको अक्षरस पालना गरी ग्राहकहरुलाई सेवा प्रदान गर्नुपर्ने साथै दैनिक काम कारवाहीमा समेत सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न निर्देशन दिए ।

प्रकाशित मिति: १९ वैशाख २०८२, शुक्रबार  १६ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।