पेट्रोलियम गाडीमा युरो ६ अनिवार्य हुँदै


काठमाडौं । अब पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनमा युरो ६ मापदण्ड लागू गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै युरो ६ लागू गरिने घोषणा गरेका हुन् ।

युरो ६ मापदण्डले सवारीसाधनबाट उत्सर्जन हुने नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड, पार्टिकुलेट म्याटर जस्ता प्रदूषक तत्वहरूलाई कम गर्नेछ ।

यो मापदण्ड युरोपेली संघबाट लागू गरिएको भए पनि अहिले विश्वभरका धेरै देशहरूले यसलाई अपनाइसकेका छन् ।

नेपालमा पनि लामो समयदेखि युरो ६ मापदण्डको चर्चा हुँदै आएको थियो, तर व्यवहारमा भने हालसम्म आएको छैन ।

प्रकाशित मिति: १९ वैशाख २०८२, शुक्रबार  १९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।