काठमाडौँ । स्पेशल प्रि ओपन सेसनमा ओम मेगाश्री फर्मास्युटिकल्सको पहिलो कारोबार भएको छ । बुधबार नेप्सेमा सूचीकृत भएको कम्पनीको शेयर प्रतिकित्ता २७० रुपैयाँमा पहिलो कारोबार भएको हो । कम्पनीको शेयर ओएमपीएल सिम्बोल कारोबार भएको हो ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९० रुपैयाँ १७ पैसादेखि २७० रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो।
कम्पनीको सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।
प्रतिक्रिया