एनएमबि बैंकको १२ औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न


काठमाडौँ । एनएमबि बैंकले बैशाख २० गते शनिवार बैंकको गट्ठाघर शाखाबाट बोडेको महालक्ष्मी मन्दिरसम्मको मार्गमा १२ औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।

नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारणहरु गरी करिब ७०० जनाको सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ थिए । कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल हेरिटेज सोसाईटीलाई ५ लाख र मध्यपुर थिमि नगरपालिकालाई डस्टविन हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रम ७ वटै प्रदेशका विभिन्न ऐतिहासिक स्थलहरुमा पनि सम्पन्न गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: २१ वैशाख २०८२, आइतबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।