काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ । बैंकले आइतबार सूचना निकालेर बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने गरि सुचना प्रकाशित गरेको हो ।
बैंकले २०८२ बैशाख २१ गते मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत बालकबोल आह्वान हुने जनाएको छ । बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरि कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको लागि आह्वान गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने छ । समान ब्याजदर उल्लेख भएका बोलकबोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढि भएमा प्रो–राटा बेशिसमा बाँडफाँड गरिने छ । स्वीकृत गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार अस्वीकार गर्ने सम्पूर्ण गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहने छ ।
स्वीकृत भएका बोलपत्र वाफतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको खातामा मौज्दात नभएमा काउण्टरपार्टीलाई कालो सूचीमा राखिने छ । निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएमा सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाईने छैन । तर बैकको निर्देशन बमोजिम कायम राख्नु पर्ने एसएलआर तथा लिक्यूटी रेसिओमा गणना गर्न पाइनेछ । २०८२ जेठ ११ गते सम्म साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने छ ।
प्रतिक्रिया