फूडमाण्डुले ल्यायो मध्यरात्रि फुड डेलिभरी सेवा


काठमाडौँ । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ थप गरेको छ । यस सेवा मार्फत ग्राहकहरुले राती १२ बजेसम्म खाना अर्डर गर्न सक्नेछन् ।

कम्पनीकी ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, ‘हामी ग्राहकहरूको जीवनशैली र आवश्यकता अनुसार सेवाहरु थप गर्दै गइरहेका छौँ । हामीले ग्राहकहरुको आवश्यकता बुझेर मध्यरात्रि फुड डेलिभरी सेवा थप गरेका हौँ ।’

यो सेवा सुरुवातमा काठमाडौं उपत्यकाको रिंगरोड र वरिपरिका क्षेत्रहरुमा उपलब्ध छ । यसले ग्राहकहरूको मागलाई पुरा गर्ने तथा फुडमाण्डुको सेवामा समेत वृद्धि ल्याउने अपेक्षा गरिएको छ । आगामी दिनहरुमा काठमाडौंको अन्य ठाउँहरुमा पनि सेवा उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २१ वैशाख २०८२, आइतबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।