काठमाडौँ । भ्वाइस अफ नेपाल सिजन ६ को विजेता प्रोशेश पाण्डेलाई क्लोजअफले १ लाख नगद पुरस्कार प्रदान गरेको छ । यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धीहरु रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्य मध्ये प्रोशेश पाण्डेले विजेताको उपाधि जितेका हुन् ।
पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले प्रदान गरेका थिए ।
क्लोजअफले आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ । भ्वाइस अफ नेपाल जस्तो प्लेटफर्मसँगको सहकार्यले नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको क्लोजअफका प्रतिनिधिले बताए ।
प्रतिक्रिया